Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

मोटरसाइकलको हावा खोल्ने प्रहरी हवल्दारमाथि छानबिन हुने, सोधियो स्पष्टीकरण

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

सप्तरी । मालपोत तथा भूमिसुधार कार्यालय राजविराजका सेवाग्राहीहरूको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राजकुमार धामीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

मोटरसाइकलको हावा खोलेर सेवाग्राहीलाई दुःख दिएको देखिएकोले घटनामा संलग्न प्रहरी हवलदारमाथि छानबिन सुरु गरिएको र अनुसन्धान टोली खटाएर स्पष्टीकरण सोधेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धान टोलीको प्रतिवेदन आउनासाथ थप कारबाही अघि बढाइनेछ ।

तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुःखद् घटना भएको बताउँदै एसपी काफ्लेले कानुनविपरीत कार्य गर्ने हवलदार धामीलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ सप्तरीले यसबारे एसपी काफ्लेको ध्यानाकर्षण गराएको थियो ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?