रेमनदासको जर्मनी प्रेमिकासँग बिहे

Read Time = 2 mins

काठमाडौं । अभिनेता रेमनदास श्रेष्ठले जर्मनकी प्रेमिका जना मुद्रासँग बिहे गर्नुभएको छ । बिहीवार काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उहाँहरूको बिहे भएको हो ।

रेमन र जनाको विवाहमा दुई पक्षका परिवार र आफन्तसँगै रेमन नजिकका केही फिल्मकर्मी सहभागी थिए । विवाहका लागि जनाको परिवार यसै साता जर्मनीबाट नेपाल आएको थियो । रेमन र जना विगत पाँच वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । उहाँहरूले हिन्दू परम्परानुसारै विवाह गर्नुभएको हो । रेमनदासले यही शनिबार चितवनमा रिसेप्सन पाटी दिने बुझिएको छ ।

बिहे सम्पन्न भएको रेस्टुरेन्टमा रेमन र अभिनेत्री नम्रता श्रेष्ठको संयुक्त लगानी छ । रेमनको विवाह कार्यक्रमका लागि बिहीबार एटिकले ग्राहकलाई दिने सुविधा बन्दसमेत गरेको थियो ।

कलाकार मदनदास श्रेष्ठका छोरा रहनु भएका रेमनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरिसक्नुभएको छ । साथै उहाँ पछिल्लो समयको चर्चित टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’ मा होष्टसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?