केएल दुगडको ज्ञान मखाना

Read Time = 1 min

काठमाडौं । केएल दुगड समूहले नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । केएल दुगड समूहले ज्ञान चक्की आँटा, ज्ञान मैदालगायतका उत्पादन उपलब्ध गराउँदै आएकोमा पछिल्लोपटक ज्ञान मखाना पनि ल्याएको हो ।

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तर मापन परीक्षण गरी उपभोगका लागि योग्य रहेको ठह¥याएको कम्पनीले जनाएको छ ।

लिली फूलको बिउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाका रूपमा पनि उपभोग गर्न सकिन्छ ।

मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ भने खिरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ । ज्ञान मखाना डिपार्टमेन्ट स्टोरका साथै स्थानीय किराना पसलमा दुई सय ग्राम प्याकमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?