पोखरीमा बालकको शव भेटियो

हिमालय टाइम्स
Read Time = 1 min

जलेश्वर । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-४ बरथटोलमा पोखरीमा डुबेको अवस्थामा गए राति एक बालकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा फेला परेको हो ।

बालक सार्थक घरबाट खेल्न भनी निस्केकाे र अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनकाे शब पोखरीमा डुबेको अवस्थामा फेला परेकाे थियाे । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?