ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण ४ गते बुधबार, ई.सं.-२० जुलाई, २०२२ । तिथि- श्रावण कृष्णपक्ष सप्तमी, नक्षत्र- रेवती, योग- सुकर्मा, करण- वव, चन्द्रराशि- मीन, सूर्योदयः ५ः२१, सूर्यास्तः १८ः५८ ।
मेष : साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ ।
वृष : व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् ।
मिथुन : लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ ।
कर्कट : पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ ।
सिंह : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।
कन्या : घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ ।
तुला : बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउनेछन् ।
वृश्चिक : आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ ।
धनु : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।
मकर : रोजगारीका क्षेत्रमा सम्मान र शाख जोगाउन सकिने छ, ।
कुम्भ : पारिवारिक जीवन सन्तोषप्रद रहने छ ।
मीन : सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच