संसदमा गंगा चौधरीको प्रश्न : विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ?

Read Time = 2 mins

काठमाडौं । एमाले सांसद गंगा चौधरी (सत्गौवा) ले नेपाली पुरुषसँग विवाह गरेर आएलगत्तै विदेशी महिलालाई नागरिकता दिने प्रावधान देशको हितविपरीत रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै उहाँले सार्क मुलुकको सदस्य नेपालले सार्क देशमै नभएको विदेशी महिलालाई विवाह गरेर आएलगत्तै नागरिकता दिने व्यवस्था देश हितविपरीत रहेको बताउनु भयो ।
१२ बुँदै सम्झौतापछि सजिलै नागरिकता पाउने ढोका खोलेको आरोप लगाउँदै उहाँले ४० लाख विदेशीले नागरिकता लिएको बताउनु भयो । उनीहरुको सन्तानलाई वंशजका आधारमा नागरिकता दिए, देश कता जान्छ ? उहाँले बैठकमा प्रश्न गर्नुभयो ।

चौधरीले केही नेताले विदेशीसँग गठबन्धन जोगाउन देशलाई अप्ठ्यारो पर्ने किसिमको नागरिकता ऐन ल्याउन लागेको आरोप लगाउनु भयो ।

उहाँले केही दिन अघि विदेशमा गएर नेपाली नेताले सरकार जोगाउन, गठबन्धन जोगाउन आशिर्वाद मागेको र विदेशीको इच्छा मुताविकको नागरिकता विधेयक ल्याएको आरोप लगाउनु भयो ।

विदेशीलाई नागरिकता दिन नै माओवादी युद्ध भएको थियो ? उहाँको प्रश्न थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?