विभिन्न स्थानमा मृत अवस्थामा चार जना फेला

Read Time = 1 min

काठमाडौं । ललितपुर, नवलपरासी (पूर्व), महोत्तरी र पर्सामा चार जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु सिद्धिपुर बस्ने सर्लाही घर भएकी ४२ वर्षीया जमुना तामाङ आफ्नै कोठाभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

नवलपरासी ९पूर्व०को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित नारायणी नदी किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको औरही नगरपालिका–७ भोईलस्थित सडकमा रहेको पोखरीमा हाल पहिचान नखुलेका करिब ४३ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ वीरगञ्ज भन्सारको कम्पाउण्डभित्र हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?