गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कारागार विधेयकमाथिको छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनुअघि सांसद प्रेम सुवालले गणपूरक संख्या एकीन गर्न माग गर्नुभएको थियो । यसपछि तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा अपूग देखिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनुअघि एक चौथाइ सदस्य ६९ जना हुनुपर्नेमा बैठकमा ६७ जना उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?