इन्द्रजात्रामा एशियाली मुलुकका राजधानी सहरका प्रमुखलाई निमन्त्रणा गरिने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गरिने भएको छ ।

साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन् ।

महानगरका प्रमुख शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् ।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरू (सार्क राष्ट्र) बाट सात वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरूलाई निमन्त्रणा गर्ने तयारी छ ।

प्रमुखहरूका साथमा चार जना अधिकारीहरूलाई निम्ता दिइनेछ । महानगरले देशभित्रका पाँच वटा र अन्तर्राष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?