जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए ।

पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ ।

तीन घण्टासम्मको मेडिकल इमर्जेन्सीपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । उपचारपछि चिकित्सकहरू उनको कक्ष छोडेका थिए । ‘पुटिनलाई शुक्रवार जुलाई २२ देखि शनिबार जुलाई २३ को रातमा तत्काल चिकित्सा हेरचाहको आवश्यकता थियो’ उक्त च्यानलले लेखेको छ, ‘बिहान १ बजे उनकोे निवासमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रपतिलाई बोलाइएको थियो ।’

‘पुटिनले गम्भीर वाकवाकीको गुनासो गरे । २० मिनेटपछि डाक्टरहरुको एक अतिरिक्त टोली बोलाइयो । डाक्टरहरूले सहयोग प्रदान गरे । उनीहरू तीन घण्टासम्म पुटिनको नजिक थिए ’, उक्त च्यानलले लेखेको छ ।

यसैबीच, पुटिनले फेब्रुवरीमा युक्रेनमाथि हमला गरेपछि उनलाई क्यान्सर वा पार्किन्सन रोग लागेको अनुमान गरिएको छ ।

पुटिन शारीरिक रूपमा कमजोर बनेका, उभिँदा असहज महसुस गरेका भन्दै पश्चिमा सञ्चार माध्यमहरूले उनको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आएका छन् । तर, पुटिन स्वस्थ र आनन्द रहेको क्रेमलिनले दाबी गर्दै आएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?