एसिया कप युएइमा हुने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिसी एसिया कप क्रिकेट २०२२ युएइमा आयोजना हुने भएको छ । श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकट र नागरिकको आन्दोलनका कारण एसियन कप श्रीलंकाबाट युएइमा सारिएको हो ।

श्रीलंका क्रिकेट बोर्ड भने एसिया कप श्रीलंकामै गर्ने योजनामा रहेको थियो । तर, एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसिया कप युएइमा गर्ने निर्णय गरेको हो । टी-ट्वान्टी फम्र्याटमा आयोजना हुने एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुने तालिका छ ।

एसिया कपमा एसियाको टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने एक राष्ट्र गरी ६ टिम सहभागी हुनेछन् । भारत पछिल्लो एसिया कप २०१८ को च्याम्पियन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?