‘ठेकेदारले बन्धक बनाएर खाली चेकमा हस्ताक्षर’

Read Time = 4 mins

काठमाडौं । एक निर्माण व्यवसायीले खाली चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएर चेक बाउन्स गरी सम्पत्ति हडप्ने प्रयास गरेका छन् । भक्तपुरका केशव त्वानावासुले धम्क्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैंले पाँच करोड १४ लाख ६० हजार रुपैयाँ भरेर बाउन्स गरी सम्पत्ति हडप्न खोजेको भन्दै बौद्व धर्मगुरु भीमसुवा गुरुङले न्यायको माग गर्नुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै उहाँले आफूलाई गत जेठ २ गते त्वानावासु र उनीसँग आएका जीवन बुढाथोकीलगायत नौजनाले ‘विप्लव समूहका हौं, हतियार खल्तीमा छ भन्दै धम्क्याएर छ घण्टा बन्धक बनाएर अफिसमा रहेको हिमालयन बैंकको उक्त रकम भुक्तानी हुने तीनवटा चेक लगेको बताउनुभयो ।

आफ्नो छोरा मार्ने र आफूलाई अपांग बनाउने धम्की दिएर चेक जबरजस्ती लगेको गुरुङको दाबी छ । रिम्पोछे ट्रस्टकी अध्यक्षसमेत रहनुभएकी गुरुङले पीडकले आफूलाई नियन्त्रणमा लिई छाडेलगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भुमा जानकारी गराए पनि सुनुवाइ नगरेको गुनासो गर्नुभएको छ । जिल्ला प्रहरी परिसर टेकुमा पनि जाहेरी दिन जाँदा दर्ता नगरेको, सभामुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, संसद्समेत १२ वटा कार्यालयमा प्रमाणका रूपमा सिसिटिभी फुटेजसहित निवेदन पेश गर्दा पनि न्याय नपाएको पीडितको गुनासो छ । धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालक केशव त्वानावासु र अस्का कन्स्ट्रक्सनका सञ्चालक विनोद तामाङबीच जापानको निको शहरमा स्वयम्भु स्तुपा निर्माण गर्न एनपिओ आस्पा जापानसँग सम्झौता भएको थियो ।

सम्झौताअनुुसार धुकुछु कन्स्ट्रक्सन कम्पनीका सञ्चालकले गुरु रिम्पोछे ट्रस्टको खातामा तीन करोड जम्मा गरेको र उक्त रकम विनोद तामाङले बुझे पनि कोरोनाका कारण काम अघि बढाउन सकेनन् । पछि ती दुईबीच भएको सम्झौताबमोजिम काम नभएपछि तीन करोड रुपैयाँ बुझेका विनोदले रकम फिर्ता गर्न नसकेपछि केशवले आफूमाथि आपराधिक कार्य गरेको गुरुङको जिकिर छ । उहाँले भन्नुभयो, ‘केशवले निकै टर्चर दियो, टर्चर पनि यतिसम्म दियो कि मर्नु कि बाँच्नुसम्म टर्चर दियो । सात-सात घण्टा नियन्त्रणमा लिएर उनीहरूले मेरो चेक जबरजस्ती लगेका छन् । त्यसमा पनि मेरो खाता क्लोज गरेर फेरि त्यही चेकलाई हनुमान ढोकामा बाउन्स गर्न पुगेको रहेछ । मलाई धेरै अन्याय भएकाले आज पत्रकार सम्मेलन गर्नुपरेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?