नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । मुग्लिन-नरायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो ।

पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि बिहानीपख २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

राति साढे १० बजेदेखि २ बजेसम्म गाडी चले पनि फेरि पहिरो खस्दा ठप्प भएको छ । अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ ।

सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन् । विशेषगरी, बिरामी, बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । अहिले बाटो खुलाउने प्रयास भइरहेको छ भने सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।

मौरी खोल पुल नजिकै माथीबाट लेदो सहितको पहिरो खसेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?