विकास र समृद्धिको चाहना अघि बढ्न सकेन : महासचिव पोखरेल

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाउनुभएको छ ।

महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा नभएकाे बताउनुभयाे । उहाँले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उहाँले गर्नुभयो । कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?