द भ्वाइस अफ नेपालको चौथो सिजन घोषणा : कोचमा राजेश पायल र प्रविशाको प्रवेश

Read Time = 3 mins

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम र प्रायोजकबीच सम्झौता गरियो । साथै शोको स्वरूपबारे बताइएको थियो ।

आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ । चौथो सिजनका लागि राजेशपायल राई र प्रविशा अधिकारी भित्रिनुभएको छ । साथै प्रमोद खरेल र राजु लामाले कोचकै रूपमा निरन्तरता पाउनुभएको छ । तीन सिजनसम्म कोच रहनु भएका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिनुभएको हो । शो हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइण्ड अडिशनको तयारीमा जुटेका छन् । हिमालय टिभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुनेगरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताउनुभएको छ । ब्लाइण्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताउनुभएको छ ।

कोच राजेश पायल र प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा उत्साहित भएको बताउनुभयो । यसैबीच, पत्रकार सम्मेलनमा चौथो सिजनका मुख्य प्रायोजकसँग सम्झौता गरिएको थियो । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज र डान्सिङ स्टार्स नेपाल प्रसारण गरिरहेको हिमालय टेलिभिजनले चाँडै बिजनेस रियालिटी शो ‘सार्क ट्यांक’, नेपाल्स नेक्स्ट टप मोडल र मौलिक रियालिटी शो ‘लोकस्टार’ प्रसारण गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?