प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर, सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेण्डा

Read Time = 1 min

काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने हुनु भएको छ। आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लाग्नुभएको हो ।

लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेण्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आउनु भएको छ ।

आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने हुनु भएको छ । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटकपटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?