बारा प्रहरीद्वारा १० हजार लिटर घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट

Read Time = 11 mins

-संजीवकुमार मिश्रा
बारा । बारामा जिल्लामा वर्षौ देखि चल्दै आएको परम्परालाई केही दिन अगाडी मात्र बाराका प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले निरन्तरता दिनुभएको छ ।

नयाँ प्रहरी प्रमुख आउँने वितिकै नाकामा कडाई गर्ने घरेलु मदिरा नष्ट र नियन्त्रण गर्ने त्यसपछि सेटिङ्ग हुने वितिकै चुप लागेर रमिते बन्ने परम्परालाई कायम राख्दै प्रहरी उपरिक्षक बोगटी अगाडी बढ्नुभएको छ ।

केही दिन अगाडी मात्र बाराका प्रहरी प्रमुख दिलिप सिह देउवा एसएसपी भएर जानुभयो, उहाँ आउँदा पनि नाका कडाई देखि घरेलु मदिरा भठ्ठी नष्ट गर्ने काम गरिएको थियो । केही समय वितेपछि घरेलु मदिरा उत्पादन नै बन्द गरिएको उहाँले जानकारी दिनुभएको थियो ।
तर उहाँ गएको केही समय नवित्दै एक्कासी प्रहरीले ठूलो मात्रमा घरेलु मदिरा भठ्ठी र मदिरा नष्ट गरेको छ ।

जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण गर्न, घरेलु हिंसा, सवारी दुर्घटना लगायत घटनाहरू न्यूनिकरण गर्दै अगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कार्यक्रम अन्तर्गत जिल्लामा भएका अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नियन्त्रण तथा नष्ट गर्ने अभियान अन्तर्गत बुधवार बारा प्रहरीले १७ वटा मदिरा भठ्ठी, १० हजार लिटर तयारी मदिरा र ८० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रही कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका ३ र १० गंजभवानीपुर टोल स्थित विभिन्न घरमा संचालन गरिएका अवैध मदिरा भट्टी नष्ट गरेको प्रनाउ थापाले बताउनुभयो ।
विशेष सूचनाको आधारमा स्थानिय प्रतिनिधिहरूको रोहवरमा पक्की घरभित्र १०/१२ हजार लीटर भन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यूनगुणस्तरका रक्सी उत्पादन गर्न लुकाई छिपाई भण्डारण र संचालन गरिरहेका १७ वटा अवैध रक्सी भठ्ठीहरू नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

रक्सी उत्पादन गर्ने स्थलबाट ठुलो परिमाणमा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा, ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।
दिनहुँ जसो अवैध मदिरा भठ्ठी र घरेलु मदिरा नियन्त्रण गर्ने अभियान चलेपनि जिल्लाको ग्रामिण क्षेत्रमा मात्र होइन बाराको सदरमुकाम कलैयामा समेत निर्वाध रुपमा घरेलु मदिरा बिक्री वितरण हुँदै आएको छ ।

निर्वाध रुपमा मदिरा उत्पादन तथा विक्री वितरण हु“दै आए पनि कारवाहीको नाउ“मा प्रहरीले मदिरा समाउने र रक्सी भठ्ठी नष्ट गर्न बाहेक अरु केही गर्न नसकेको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले आरोप लगाउनुभयो ।

घरेलु मदिरा हाम्रो लागि विष हो सबैलाई थाहा भएको कुरा हो उहाँले भन्नुभयोे, ‘तर पनि जानी जानी मानिसहरु कुलतमा लागेर यसको सेवन गर्दै आएका छन । लतको कारण जानी जानी विष पिउनु त आफैले आफैलाई धोखा दिनु हो । जानी जानी आफनो ज्यान आफै लिनु हो । तर पनि यहा“का मानिसहरु त्यही रक्सी प्रयोग गर्दै आएका छन ।
‘घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण कार्यलाई रोक्ने दायित्व राज्यको हो,’ बारा नागरिक समाजका अध्यक्ष दासले भन्नुभयोे, ‘राज्यको दायित्व पुरा गर्ने प्रहरी प्रशासनले कडाई नगर्दा घरेलु मदिरा उत्पादन तथा विक्री वितरण बढदै गएको हो । प्रहरीले मदिरा भठ्ठी र मदिरा नष्ट मात्र गर्ने गर्छन । तर भठ्ठी संचालकहरुलाई अहिलेसम्म समाउन सकेको अवस्था छैन । जसको कारण मदिरा उत्पादन तथा विक्री वितरण गर्नेहरुको मनोबल बढेको उहाँले जानकारी दिनुभयो ।

मदिरा उत्पादन र विक्री वितरण गर्नेहरुलाई पक्राउ गरी कानुनी कठघेरामा उभ्याउन सक्नु पर्दछ । मदिरा भठ्ठी र मदिरा नष्ट गरेर समस्या समाधान हुँदैन अध्यक्ष दासले बताउनुभयो ।

गाउघरबाट घरेलु मदिरा सहज रुपले बाराको सदरमुकाम कलैयाका होटलहरुमा साइकल, मोटरसाइकल, अटोरिक्सा, र बसमा हाली पु-याईएपछि यसको बिक्री वितरण सहज भएको हो । विशेष गरि बाराको गंजभवानीपुर, गडहल, बच्छनपूर्वा, कोल्हवी, बोधबन, टांगिया बस्ती, लामीडाडा, डुमरवाना, पिलुवा, पथलैया, रतनपुर लगायतका ठाउ“हरुबाट घरेलु मदिरा उत्पादन गरि सदरमुकाम लगायत बाराको हरेक क्षेत्रमा पु-याउने गरिएको छ ।


घर आँगनमै आईपुगेको घरेलु मदिरा सहज रुपले थौरै पैसामा खरीद गर्न पाउने भएकोले मानिसहरु विभिन्न रोगले ग्रसित हुने गरेपनि प्रहरी प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको देखिदैन । सदरमुकाम कलैयाका विशेषत हरेक होटेल देखि ठेलामा समेत घरेलु मदिरा निर्वाध रुपमा विक्री वितरण हुदै आएको छ । तर पनि प्रहरी प्रशासन यस बारे अनभिज्ञता जाहेर गर्दछन् ।

बाराको कलैया, मटिअर्वा, प्रसौनी, डुमरवाना, जितपुर, सिमरा, पथलैया, अमलेखगंज, निजगढ, कोल्हवी, गडहल, सिम्रौनगढ, बरियारपुर, गंजभवानीपुर लगायत बजार, टोल तथा गल्लीहरुमा समेत घरेलु मदिरा उत्पादन तथा विक्री वितरण बढदै गएको स्थानीयहरुले जानकारी दिनु भएको छ ।
जिल्लामा अहिले पनि घरेलु मदिराको उत्पादन तथा विक्री वितरण नियन्त्रण हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।
घरेलु मदिराकै कारण कतिपय परिवार पलायन भए, कतिपयले आफनो ज्यान गुमाए र कतिपय भिख माग्ने अवस्थामा पुगेको भए पनि यसलाई सम्बन्धित निकायले नियन्त्रण गर्न सकेको अवस्था छैन । गाउँ त गाउँ सदरमुकाममा समेत होटेल, सेकुवा पसल, ठेलामा समेत घरेलु मदिरा विक्री वितरण हु“दै आएको कलैयाका मनोज साहले बताउनुभयो ।
हरेक दिन सा“झ कलैयाको मुख्य चौक भरतचौकमा ठेलामा समेत घरेलु मदिरा विक्री वितरण हुने गर्दछ । खुलेयाम रुपमा भरतचौकमा घरेलु मदिरा विक्री वितरण भए पनि प्रहरीहरु त्यही रमिते भएर बस्छन् । कारवाहीको नाममा ‘समय भयो अब तिमीहरु पसल बन्द गरेर घर जाउ’ भन्दा बढी केही गर्न सकेको उहाँले गुनासो गर्नुभयो ।
कलैयामा मात्र होइन गाउँ गाउँका हरेक चौक चौराहामा विहान ४ बजे देखि राती १२ बजेसम्म घरेलु मदिरा निर्वाध रुपमा विक्री वितरण हु“दै आएको बारागढी गाउँपालिका ६ का रामअवतार रामले जानकारी दिनुभयो ।

हामी जस्ता गरीब मानिसहरुलाई यो मदिराले झन दुःख दिएको छ, उहाँले भन्नुभयोे, ‘गाउँका युवाहरु जाड रक्सीको कुलतमा लागेर बर्बाद भइरहेका छन्, दिनहुँ जाडरक्सीको कारण झै झगडा र घरेलु हिंसा बढदो क्रममा छ तर यसको नियन्त्रणको लागि कुनै ठोस कदम चालिएको छैन’ रामले आरोप लगाउनुभयो ।’
जिल्लाबाट अवैध घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउन अभियान चलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो । जुन जुन ठाउ“मा घरेलु मदिरा उत्पादन तथा विक्री वितरण भइरहेको थाहा पाउने वितिकै नष्ट गर्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।
फोटो : बाराको महागढीमाई नगरपालिका ३ र १० नम्बर वडामा मदिरा तथा मदिरा भठ्ठी नष्ट गर्दै प्रहरी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?