आर्थिक कूटनीतिमा जोड दिन राजदूतहरूलाई सुझाव

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) ले प्रस्तावित राजदूतहरूसँग आर्थिक क्षेत्रका विषयमा छलफल गरेको छ । प्रस्तावित राजदूतहरू संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्याण्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी सहभागी सो अन्तरक्रियामा सिएनआईले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ ।

कार्यक्रममा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो । आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरबारेमा विदेशी लगानीकर्तालाई जानकारी गराउने महत्वपूर्ण माध्यम राजदूत हुनुपर्ने उहाँको जोड थियो । निजी क्षेत्रले व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भए पनि नेपाल साँच्चिकै लगानी प्रवद्र्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन राजदूतावासहरूको समन्वयमा व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने उहाँले बताउनुभयोे ।

सिएनआई अध्यक्ष अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवद्र्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने र सोका लागि सिएनआई सहकार्य गर्न तयार रहेकोसमेत जानकारी गराउनुभयो । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उहाँले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

सिएनआईले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तु प्रवद्र्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा विदेशी लगानी भिœयाउने गरी काम गर्नुपर्नेमा जोड दिएको छ । सो अवसरमा प्रस्तावित राजदूतहरूले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रवद्र्धनमा नै आफूहरूको ध्यान रहने भन्दै देश केन्द्रित सुझाव दिन आग्रह गरेका थिए ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरण, डा. सुरेन्द्र थापा, सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, सतिशकुमार मोर, उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरू शशिकान्त अग्रवाल, योगेश्वरलाल श्रेष्ठ, सिएनआईको नेपाली डायस्पोरा समन्वय समिति सभापति चन्द्र टण्डन, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?