सिएनआई र आइडिया स्टुडियोबीच सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) र आइडिया स्टुडियोबीच उद्यमशीलता क्षेत्रमा काम गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल र आइडियाका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गर्नुभएको हो । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशीलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

सो अवसरमा सिएनआई अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशीलता तथा व्यावसायिक प्रवद्र्धन गर्न सरकारसँग प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले ‘ब्रेन डे«न’ रोक्न उद्यमीका लागि उचित वातावरणमा जोड दिँदै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवालाई उद्यम गर्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

आइडियाका अध्यक्षले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रमा नयाँ सम्भावना खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । सिएनआई उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलता क्षेत्रमा सामूहिक रूपमा नयाँ काम हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?