भोजपुरमा पनि मनाइयो गाईजात्रा पर्व

Read Time = 3 mins
A A- A+

-निरोज कोइराला
भोजपुर । प्रदेश १ को पहाडी जिल्लामा भोजपुरमा शनिवार गाईजात्रा पर्व मनाइएको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि जिल्लामा गाईजात्रा निकालिएको हो ।

यो दिन मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । सोही अनुसार भोजपुरमा पनि मृतकको परिवारले आफना स्वर्गीय परिवारका सदस्यको सम्झनामा प्रतिमा तथा तस्वीर बनाएर नगर परिक्रमा गराएका छन ।
यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ । गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ । राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुती पाइन्छ । यतिले पनि रानीको मन शान्त हुन नसकेकाले गाईजात्रा पर्वमा विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप आजसम्म सोही परम्परा अनुसार यस पर्व मनाइदै आएको मानिन्छ ।

श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । बिशेष गरेर यो पर्व नेवार समुदायको बसोवास भएको क्षेत्रहरुमा मनाउने गरिन्छ । गाईजात्रा पर्व काठमाडौं उपत्यकाका विभिन्न स्थानका अतिरिक्त बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवकोटको त्रिशूलीबजार, पाल्पा, दोलखा, भोजपुर, खोटाड., संखुवासभा, रामेछाप, लगायत ठाउँहरुमा पनि बर्षेनी मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?