गर्भवती र नवजात शिशुका लागि ‘मेरो मम्मा’ एप

Read Time = 1 min

काठमाडौं । बाइनरी गेटवे प्रालिले मेरो मम्मा नामक एप लन्च गरेको छ । दैनिक जीवन थप सरल र सहज बनाउलेक्रममा पछिल्लो समय विभिन्न एप आउने गरेको अवस्थामा बाइनरीले पनि मेरो मम्मा नामक एप सार्वजनिक गरेको हो ।

एपमा गर्भधारणसम्बन्धी जानकारी, गर्भवती अवस्थामा चाहिने सल्लाह, विज्ञ र सेवा संस्थानको सम्पर्क र ठेगाना, आफूजस्तै अन्य गर्भवती र नवजात शिशुका आमासँगको अनलाइन समूहका साथै गर्भाधान र शिशु सामग्री किन्न सरल र सहज अनलाइन पसल रहेका छन् ।

गर्भवती महिला र नवजात शिशुका लागि आवश्यक सूचनामूलक लेख, सम्पर्क ठेगाना, विभिन्न उत्पादन तथा सामग्री बिक्रीका लागि एकीकृत मोबाइल एप विकास गरी लन्च एप ल्याइएकोे कम्पनीका संस्थापकमध्येका रवि अग्रवालले बताउनुभयो । अग्रवालका अनुुसार एपको एउटा उद्देश्य भनेको गर्भाधान गरिरहेका जोडीलाई सही विज्ञ र सही सूचनासँग जोडी समस्या समाधानका लागि काम गर्नु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?