कोष र प्राइम बैंकबीच कर्जा सुरक्षण सम्झौता

Read Time = 2 mins

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्राइम बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । आइतबार कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र प्राइम बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति २० लाखसम्म वैदेशिक रोजगारीबाट सीपमूलक तालिम लिई फर्किएका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति १० लाखसम्म, कोषको सहमति लिई महिलाद्वारा सञ्चालित लघुउद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्नेको १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?