बुटवलको होटलमा धादिङका एक पुरुषसहित महिला मृत अबस्थामा फेला

हिमालय टाइम्स
Read Time = 2 mins

-बाबुराम श्रेष्ठ

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका धादिङका एक पुरुष र एक महिला मृत अबस्थामा फेला परेका छन् । मृत्यु हुनेमा धादिङको कुम्पुर घर भएका अन्दाजी ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा रहेका छन् ।

उनीहरु आइतबार साझ बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा राति सँगै बास बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनु भयो ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीको भनाई छ । अहिले दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?