भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दिदा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका-१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ ।

चितवनबाट काठमाण्डौतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश-०१-०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?