गुम्बा व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गुम्बा व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित गुम्बा व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो । लोबो निफुग नाम्ड्रोल गुम्बा मुस्ताङका प्रमुख लामा क्षोम्बे गुरुङले सरकारी तवरका कामकाजमा प्रक्रियागत तवरले काम गर्ने तरिकाहरू तालिममा जान्न पाएको बताउनुभयो । उहाँ भन्छनुहुन्छ, ‘गुम्बाको व्यवस्थापनमा अब नयाँ तरिकाबाट चुस्त र दुरुस्त कार्य गर्न सक्ने तालिमबाट ज्ञान पाएकाा छौ ।’

स्वयम्भूस्थित च्वाइस होटेलमा आयोजित दुई दिने तालिममा सहभागी मकवानपुरका पेमा होइसेर गुम्बाका प्रमुख लामा रुद्र रुम्बाले तालिम उपयोगी भएको बताउनुभयो । ‘तालिममा सिकाइएका कुराहरू व्यवहारमा उतार्ने प्रयास गर्नेछु, ‘उहाँले भन्नुभयो, ‘सरकारी बजेटका लागि कागजपत्र मिलाउने प्रक्रिया र गुम्बाको अपडेटका लागि गर्नुपर्ने कार्यको जानकारी पाएको छु ।’

यसैगरी उग्येन पेज्यूङ डुब्देलिङ गुम्बा काभ्रेका अध्यक्ष एवं सञ्चारकर्मी जगतमान दोङले आफ्नो गुम्बा निर्माणाधीन अवस्थामा रहेको भन्दै यसको सञ्चालन र व्यवस्थापनको बारेमा खासै ज्ञान नभएपछि प्रशिक्षणले यस सम्बन्धी खुलस्त पारिदिएको बताउनुभयो ।

त्यस्तै अहिंसावादी साङ्गे छ्योइलिङ गुम्बा बाराका प्रतिनिधि निसिता पाख्रिनले तालिम सराहनीय रहेको बताउँदै सहभागीमा महिला कम देखिएको बताउनुभयो । कार्यक्रमको समापनमा समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले गुम्बा शिक्षा परम्परागत नभई २१औं शताब्दीको बौद्ध धर्मावलम्बी बन्नुपर्ने बताउनुभयो । उहाँले अबको गुम्बा शिक्षा आधुनिक शैलीको धारमा हुनुपर्ने बताउनुभयो ।

तालिममा ४० जिल्लाबाट विभिन्न गुम्बाका प्रमुख लामा, सञ्चालक समितिहरूको सहभागी रहेका थिए । प्रशिक्षणमा भन्ते उदयसेन (शान्त समाल), वीरसिंह घले, सूर्यबहादुर पाख्रिन, पेमाछावाङ शेर्पा, तुण्डुपपासाङ लामा, निसीता पाख्रिन, कृष्ण लोप्चन, लाक्पादोर्जे तामाङ लामा, शेर्पा लामा कर्मा, दानबहादुर तामाङ, रुद्रबहादुर रुम्बा, जगबहादुर तामाङ, विश्वर तामाङ, मगंलसिंह तामाङ, दीपकबहादुर गुरुङ, सूर्यमान तामाङ, विष्णुबहादुर तामाङ, देवानुर्वु शेर्पा, सूर्यमान तामाङ, नाम्ग्यल टासी लामा, भीमसेन लामा, फूर्बा शेर्पा, ताक्ला लामा, तोरछी तामाङ, राजु गोले, डिलबहादुर पाख्रिन, आइसिङ लामा, जगतमान लामा (दोङ) लगायत रहनुभएको थियो ।

प्रशिक्षकहरूमा आचार्य नुर्वु शेर्पा, लेखा अधिकृत विनिता भण्डारी, प्रशासकीय अधिकृत वन्दना कुमारी झा, योजना अधिकृत सञ्जु योङ्गया रहनुभएको थियो । कार्यक्रम सञ्चालन कवि लक्ष्मी रुम्बाले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?