गुुरु शुुश्रुुषया विद्या पुुष्कलेन धनेन वा । अथवा विद्यया विद्या चतुुर्थो नोपलभ्यते । गुुरुको सेवा, धन वा विद्याको पठनपाठनबाट विद्या उपलब्ध हुुन्छ अन्य कुनै चौथो कारण विद्याप्राप्तिको देखिँदैन । यो नीतिको श्लोक हो । यो श्लोकले विद्या आर्जनको उपाय बताएको छ । गुुरुको सेवामा तल्लीन रहने र गुुरुसेवालाई प्राथमिकता दिने शिष्यलाई विद्या प्राप्त हुने कुराको सङ्केत यहाँ देखिएको छ । यही कुरालाई बाहिर ल्याएको देखियो नीति श्लोकले । यही हो विद्या आर्जनको अवस्था । तत्कालीन समयको अवस्था र ऋषि परम्परामा देखिएको विद्यालयको स्वरूपलाई बाहिर ल्याएको छ यो नीतिको पद्यले । त्यस समयमा दिइने विद्याका आचार्य गुुरु हुुन्थे शिक्षा प्राप्त गर्ने व्यक्ति वा पात्र शिष्य हुने गर्दथे ।
यही परम्परा थियो हाम्रो संस्कार, संस्कृति मान्यता पनि । गुुुरुको सानिध्यमा बसेर प्राप्त गर्ने शिक्षालाई विद्याको स्वरूपमा बाहिर ल्याइयो । गुुरु र शिष्य परम्परामा प्राप्त गरेको विद्याले मानिसलाई जीवनका सबै युुद्धमा लड्न सक्ने बनाएर राख्न सक्षम थियो । आज समय बदलियो । समय प्रवाहशील बन्यो । समयले कोल्टे फेर्यो । हामी वैज्ञानिक युुगमा प्रवेश गरिसक्यौँ । विज्ञानले हामीलाई साधनबाट सम्पन्न बनाएको छ । हामी परिवर्तन भयौँ । हाम्रो जीवनको आधार परिवर्तन भयो । हामी गुुरुबाट शिक्षक बन्यौँ । शिक्षार्थी विद्यार्थी बने । गुुरुको सम्मानभन्दा शिष्यको सम्मान बढ्ने समय आयो । गुुरु ओझेलमा परे शिष्य प्रगतिको पथमा लम्किरहे । यही समयको प्रवाहमा गतिशील हामी निरन्तरको अभ्यासमा समर्पित बन्यौँ ।
विद्या वा शिक्षा :
विद्यालाई जीवनको उपयोगमा समर्पित गर्ने आधारका रूपमा स्वीकार गरिएको छ । जीवनका हरेक समस्याको समाधानमा विद्या आर्जन गरेको व्यक्तिले सबल तरिकाले शिक्षाका माध्यमबाट गर्नुुपर्ने हुुन्छ । यही आधारको केन्द्र हो शिक्षा लिने व्यक्ति र उसको कर्म पनि । विद्यालाई हामीले शिक्षाका रूपमा ग्रहण गरेका छौँ । विद्या होइन शिक्षा भनिरहेका छौँ । विद्या त उहिलेको हो गुुरुकुुल परम्पराको भनिरहेका छौँ । गुुरुकुुलमा बस्ने र गुुरुको सेवाबाट विद्या प्राप्त गर्ने आधारलाई हामीले शिक्षा मान्यौँ । विद्या मान्न सकेनौँ । विद्या मानेको भए आजको समाज साहै्र सभ्य हुुन्थ्यो होला ?
शिक्षा अनिवार्य होइन । आवश्यकता पनि होइन जीवन निर्वाहका लागि । अनिवार्य हुुँदो हो त संसारका प्रत्येक देशका नागरिक शतप्रतिशत शिक्षित हुुने थिए । त्यो हुन सकेको छैन संसारमा । जीवन निर्वाह गर्न मानिस निरन्तर भौँतारिएका छन् ।
वैज्ञानिक सम्पन्नताले परिपूर्ण आजको समाज गहिरो चिन्तनमा डुुब्न सकेन । जीवनका आधारहरूलाई बाहिर ल्याउन सकेन । घोत्लियो व्यक्तिगत उन्नतिमा, रम्यो आफ्नो प्रगतिमा, खुुसी हुन सकेन अरूको उन्नयनमा । यही दियो शिक्षाले आजको मानिसलाई । विद्याले त सबै मानिसको उन्नतिमा रम्न सक्ने क्षमता दिने गरेको हुुन्छ । त्यसलाई आजका शिक्षाविद् भनिने हामीजस्ताले गुमाइसकेका छौँ ।
नेपाली समाज सुुहाउँदो र नेपाली परम्परामा भिजेको शैक्षिक परम्परालाई हामीले पश्चगामी भन्यौँ । गुुरुकुुलको अवस्था र त्यसले व्यक्त गर्ने भावलाई बाहिर ल्याउन खोजेनौँ । पश्चिमा परम्पराबाट भित्रिएको र नेपाली माटोमा नभिजेको मान्यता शिक्षाका रूपमा बाहिर आयो । हामीले सहर्ष स्वीकार गरेका छौँ । दक्ष जनशक्ति उत्पादन गरेका छौँ । त्यो जनशक्ति स्वदेशको माटोमा भिज्न र रम्न सकेन । हामीले गर्वसाथ विदेशी भूूमिको ग्रीनकार्ड, पिआर, डिभीमा रमाउने बनायौँ । हामी सफल पनि भयौँ यो पक्षमा । यही पक्षको पहिचान थियो हाम्रो र हामीले चाहेको मान्यता पनि । सफलता आमाबुुबाको बन्यो । आमाबुुबाको सफलतामा रमाउने हाम्रा छोराछोरीको अवस्था देखेर हामी सन्तुुष्टिको सास फेरिरहेका छौँ ।
शिक्षा अनिवार्य होइन । आवश्यकता पनि होइन जीवननिर्वाहका लागि । अनिवार्य हुुँदो हो त संसारका प्रत्येक देशका नागरिक शतप्रतिशत शिक्षित हुुने थिए । त्यो हुन सकेको छैन संसारमा । जीवन निर्वाह गर्न मानिस निरन्तर भौँतारिएका छन् । आफ्ना आवश्यकता पूरा गर्न कुुदिरहेका छन् । मानिसका लागि बस्ने स्थान, खाने गाँस, लगाउने कपडाको महत्त्व देखिएको छ संसारभर । हो गुुरुशिष्य परम्परामा हुर्केको समाज र त्यो समाजसित सापेक्षित बनेको मान्यता आज पनि जीवन्त बनेको छ मानिसका लागि ।
आज हामीले दिने शिक्षाले असल, देशभक्त, राष्ट्रप्रेमी, न्यायप्रेमी, मानवीय भावनाले भरिएको, जीवनका हरेक युुद्धमा नहार्ने जनशक्ति उत्पादन गर्न सकेका छौँ त ? पक्कै पनि सोच्ने र विचार गर्ने समय आएको छ हाम्रा लागि । हामीले आजको शिक्षाले जन्माएका युुवा शक्ति विदशी भूमिमा समर्पित गरिरहेका छौँ । विदेशको भूूमिलाई कर्मक्षेत्र बनाउने उद्देश्यले पठाइरहेका छौँ । डाक्टर, इन्जिनियरसमेत यो देशमा बसेर काम गर्ने सोचमा देखिँदैनन् भने अरू जनशक्तिको त के कुरा गर्ने र !
आज विद्यलाय, कलेज, विश्वविद्यालयले दिने शिक्षा दिनानुुदिन बेरोजगारको केन्द्र बनिरहेको छ । शिक्षा प्राप्त गरेपछिका दिनहरू आजको पुुस्तालाई दिनानुुदिन विकराल बनिरहेका छन् । स्वदेशमा रोजगार छैन भए पनि भनसुुन गरिदिने मानिस छैन । अलिकति नेपालको गरिमा धानेको लोकसेवालाई राजनीतिको केन्द्र बनाउन थालिएको छ । लोकसेवाले आफ्नो गरिमालाई आजसम्म सुुरक्षित राख्न सकेको छ । अझ त्यहाँ पनि भनसुुन गरिदिने चलन चल्यो भने त देशको युुवापुस्ताको बाटो भिन्न बनिसकेको हुुन सक्छ । विश्वविद्यालयले दिने शिक्षा देशको माटो सुुहाउँदो बनोस् । स्वदेशमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने खालको बनोस् ।
नेपाल र नेपालीको हितका लागि सदा समर्पित बनोस् । शिक्षा पाउने शिक्षार्थीलाई जीवनको बाटोमा सदा समर्पित हुन आग्रह गर्ने खालको बनोस् । यो चाह आजका पुुस्ताको हो । यो पुुस्ता यही चाहन्छ पनि । हामीले दिने शिक्षा विद्या होस् । देशको गरिमालाई उच्च राख्ने खालको होस् । मानवीय भावनाले भरिएको होस् । हाम्रा संस्कार, पद्यति र परम्परामा सदा समर्पित गर्ने खालको होस् ।
अभिभावकको चाह :
माध्यमिक परीक्षा बोर्डले भर्खर १० कक्षाको परीक्षाफल प्रकाशित गर्यो । परीक्षाफल प्रकाशित गरेपछि देशका विभिन्न विद्यालयमा खुुसियाली छायो । अभिभावकले पनि सामाजिक सञ्जालमा आफ्ना बाबुुनानीको तस्वीरसहितका शुुभकामना प्रवाह गरिदिए । मेरा बाबुुनानीले यो प्रगति गरे हेर्नुहोस् र प्रतिक्रिया दिनुुहोस् भन्ने आशयले । विभिन्न विद्यालयले हाम्रो विद्यालयले यो प्रगति गर्यो भनेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट बधाई ज्ञापन दिइरहे । म जस्तो सामान्य सामाजिक सञ्जाल प्रयोग कर्तालाई बधाई दिन भ्याइनभ्याइ भयो । बधाई र प्रगतिको कामनासहित सामाजिक सञ्जाल रङ्गिए ।
अभिभावकलाई परीक्षामा सामेल भएदेखि नै चिन्ताले सताएको थियो कुुन कलेज पढाउने के पढाउने भन्ने आशयले । आजको सचेत पुस्ताले अध्ययन गर्ने कलेज र विषय छानेको थियो । उपत्यका बाहिरका अभिभावकलाई उपत्यकाको शिक्षा राम्रो भन्ने लागिरहृयो । विभिन्न शिक्षालय भ्रमण गर्ने, आकर्षक भर्नाको प्रचार र विद्यार्थीलाई दिने छुुटका विभिन्न विज्ञापन टेलिभिजन र रेडियोबाट प्रसारप्रचार गर्ने परम्परा जीवन्त बनेको देखियो । राम्रो कलेजमा पढाउने र उच्च शिक्षाका लागि विदेश पठाउने अभिलाषामा अभिभावकहरू लागिरहे । उनीहरूको मनमा बाबुनानीलाई पढाउन लाग्ने खर्चका बारेमा कुनै चासो देखिँदैन ।
ऋण, धन गरेर भए पनि बाबुुनानीलाई पढाउने अभिलाषाले अभिभावकलाई जीवन्त बनाइरहृयो । अभिभावकलाई बाबुुनानीले गर्ने अध्ययनलाई प्रमुुख मानेको देखियो । विज्ञान पढ्न आउने र विज्ञान पढाउने चाहनाले अभिभावकको आशयलाई काठमाडौँका कलेजले जीवन्त बनाएका छन् आकर्षक प्रचारले । आफूले गर्ने लगानी र लगानीबाट उत्पादित बाबुुनानीको सपनाको उडानलाई अभिभावकले सदा शिरोपर राखेका छन् ।
विदेशी भूूमिको रहनसहन, संस्कार परम्पराले सजिएका हाम्रा बाबुुनानीको जीवनका सन्दर्भमा आएका चुुनौती दिनप्रतिदिन कठोर बन्दैगएका हुुन्छन् । जाँदा लागेको पन्ध्र बीस लाख ऋणको बोझले थिचिएका छोराछोरीलाई आमाबुुबाले पुुगेदेखि नै ऋणको भार सम्झाउन थालिसकेका हुुन्छन् ।
अध्ययनलाई प्राथमिकतामा राख्ने आजको शिक्षा वास्तवमा जीवनपयोगी बन्न पुुगेको छैन । उनीहरूको सपनाको फड्को धेरै उचाइमा पुुगेको छ । सगरमाथाको उचाइ छुुन चाहने आजको पुस्ता जीवन्त बनेर उभिएको छ । यो पुुस्तालाई जीवनका, समाजका, परिवारका सबै समस्यासित जुध्न सफल बनाउने अभिलाषामा बाबुआमा लागेका छन् । उच्च शिक्षाको अवस्थालाई हेर्दा आजको पुुस्ता दश जोड दुुई प्राप्त गरेपछि पासपोर्ट बनाउने लाइनमा लागिसेकेको देखिन्छ । जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा यिनीहरूको चाहनाको केन्द्र बनेको देखिन्छ ।
बाबुनानीले चाहेको कलेजमा अध्ययन गराउने र उच्च शिक्षाका लागि विदेशी भूूमिमा पठाउने लर्कोले नेपालको वायुुअड्डा सदा भरिएको पाइन्छ । वायुुअड्डाबाट सामाजिक सञ्जालमा राखिएका तस्वीरमा बाबुुआमाको अनुुहारमा चमक, मनमा गर्व, शरीरमा उमङ्गले सदा हर्षित बनाएको पाइन्छ । कहिले हामीलाई घुुम्न बोलाउनलान् भन्ने भावले झन शरीरका प्रत्येक अङ्ग पुुलकित भएका हुुन्छन् अभिभावकका ।
विदेशी भूूमिको रहनसहन, संस्कार परम्पराले सजिएका हाम्रा बाबुुनानीको जीवनका सन्दर्भमा आएका चुुनौती दिनप्रतिदिन कठोर बन्दैगएका हुुन्छन् । जाँदा लागेको पन्ध्र बीस लाख ऋणको बोझले थिचिएका छोराछोरीलाई आमाबुुबाले पुुगेदेखि नै ऋणको भार सम्झाउन थालिसकेका हुुन्छन् । सबैको यो अवस्था नभए पनि धेरैजसो नेपालीको हालत यही नै रहेको तथ्यलाई नकार्न सकिँदैन । विदेशी भूूमिमा उसलाई अध्ययनभन्दा पनि पैसाको मोहले सताएको हुुन्छ । त्यही चाहना घरमा रहने बाबुुआमा, दाजुुभाउजूू, उनीहरूको मार्ग पच्छ्याइरहेका भाइबहिनी पनि सपनाको सागरमा डुबिरहेका देखिन्छन् ।
पन्ध्र बीस लाख खर्च धान्ने बाबुुआमालाई नेपालको शिक्षा, जागिर र व्यवसायमा विश्वास लाग्दैन । यही हो आजको नोपाली समाजको हालत र नेपाली संस्कार । विदेशी भूूमिमा रहेका बाबुुनानीले बिर्सेका छन् आजको हाम्रो संस्कार र परम्परा । यो अवस्थामा रम्ने हामीले आजको पुुस्तालाई के दियाँै त भन्ने आकाङ्क्षाले तर्साएको छ अभिभावकलाई । अभिभावकको चाहना, देशको आवश्यकता, संस्कार र परम्पराको बिँडो थाम्नसक्ने शिक्षा दिन सकौँ भन्ने शुुभकामनासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच