राष्ट्रियसभा बैठक सुरु LIVE

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको हो । प्रस्ताव प्रस्तुत गर्दै समितिकी सभापति थापाले समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

समितिले दिएका निर्देशनहरु कार्यान्वयनमा गर्न पटकपटक सरकारलाई सचेत गराइएपनि सरकारले वास्ता नगरेको पनि उहाँले निष्कर्ष सुनाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?