बिबेक खड्का
दाङ । दाङमा टिप्परमा एका बिहानै आगजनी भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
घोराही-लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा भएको आगजनी संकास्पद भएपछि प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिएको हो ।
दुई दिनसम्म गोग्लीको ग्यारेजमा राखिएको टिप्पर बिहानै आगजनी भएको खबर पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो ।
‘दुई दिनसम्म गाडी ग्यारेजमा छ । एका बिहानै टिप्परमा आगजनी भयो भनेर खबर आउँछ । त्यो पनि ड्राइभरले गर्दैन अर्को कुनै व्यक्तिले गर्छ । गाडी खाली छ एसपी काफ्लेले भन्नुभयो, टिप्परमा कति थिए मान्छे भन्दा कहिले ४ जना कहिले ३ जना भन्छ । यो संकास्पद भयो त्यही भएर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका हौं ।’
बिहानै बन्द कर्ताहरु सडकमा नभएको र टिप्परको भाग पनि अधिकाँस फलाम भएका कारण सजीलै आगो नलाग्ने भएकाले कुनै योजना अनुसार गरिएको प्रहरीको भनाई छ । बिमा रकमका लागि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दको मौका छोपेर आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी प्रदिप वलिले टिप्पर आगजनिमा आफुहरुको संलग्नता नरहेको बताउनुभयो । 'बिहान ५ बजेबाट, बेलुका ५ बजे सम्म बन्द भनेका छौं । त्यो घटना पाँच बजे अघिको देखिन्छ,' उहाँले भन्नुभयो, आगजनिमा उत्रिने भन्ने नीति छैन ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच