धादिङमा सार्वजनिक यातायातको भाडा घटेन

प्रतिकात्मक तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 5 mins

धादिङ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाएको छ ।

मन्त्रिपरिषद्को जेठ १० गतेको बैठकले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरी मूल्य घटाउने निर्णय गरेको थियो । त्यसका आधारमा अर्थ मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार, नेपाल आयल निगमले मूल्य घटाएको हो ।

मुल्य घटेसंगै यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा दर घटाएको छ । गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०÷१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०÷१० रुपैयाँले मूल्य घटाएको छ । तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ ।

अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ । चैत २० गते अघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ थियो । विभागले घटाएको भाडा दर अनुसार २५ किमि देखि २५० किमि दुरी सम्मका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि यस अघि कायम रहेको प्रति किमि प्रति व्यक्ति २ रुपैयाँ ९३ पैसालाई घटाएर २०८० जेठ ३ गते मंगलबारदेखि लागु हुने गरी भन्दै प्रति किमि २ रुपैयाँ ८४ पैसा भाडा दर कायम गरेको थियो । तर धादिङ जिल्लाबाट सञ्चालित यात्रुबाहक सवारीमा भने नयाँ भाडादर लागु नगरी पुरानै भाडा दर कायम गरेको छ ।

सरकारको नियमलाई धादिङका यातायात व्यसायी संघहरुले अटेरी गरी भाडादर घटाउने कुनै मनसाय नै गरेको छैन् । जसकारण यात्रुहरु मारमा पर्न बाध्य भएका छन् । डिजेल र मट्टितेलको मूल्य १६५ रूपैयाँबाट १५५ रूपैयाँ प्रतिलिटरमा झरेपछि विभागले सार्वजनिक यातायातमा भाडा दर घटाएको छ । विभागले जेठ ३ गते सार्वजनिक सूचना प्रकाशित गर्दै लागू गरेको भाडा दर धादिङ जिल्लामा घटाउनेबारे स्थानीय प्रशासन, यातायात व्यवसायी, उपभोक्ता अधिकारका लागि काम गर्ने संस्था अन्य सरोकारवाला पक्ष मौन छ ।

सरकार र यातायात व्यवसायीहरूले यात्रुहरुसँग महंगो भाडादर लिई फाएदा उठाई रहँदा धादिङ जिल्लाका प्रहरी, प्रशासन,उपभोक्ता अधिकारकर्मी मुखमा बुजोकुचेर बसेका छन् । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य बढ्दा स्वचालित प्रणालीमा जाने शर्तमा यस अघि सार्वजनिक यातायातमा भाडा बढाएको भनिएपनि धादिङ जिल्लामा भने मनोमानी दर लागु हुंदै आएको थियो । डिजेलको मूल्य बढ्ना साथ भाडा बढाउने व्यवसायीहरुले मुल्य घट्दा भने कुनै चासो नदेखाउनु उपभोक्ता माथिको ठगि भएको सर्वसाधरणको गुनासो छ ।

धादिङबेसि बाट सल्यानटार सम्म ३४ किलोमिटरको भाडा २७५ ( प्रती कि. मि रु ८.०८) पर्दछ भने काठमाडौ बाट काकडभिट्टा सम्म ६३६ किलोमीटरको भाडा १६८४ (प्रती कि.मि रु २.६५) दुबैबाटो कालोपत्रे सडक नै हो । यो बिषयमा सरोकारवालाहरु कसैले पनि चासो दिएको पाइएन धादिङ लगायत ग्रामिण क्षेत्रका सार्वजनिक यातायातमा संगठित भ्रष्टाचार मौलाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?