सिटी एक्सप्रेसका भाग्यशाली विजेतालाई कार

Read Time = 1 min

काठमाडौं । सिटी एक्सप्रेसको ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ अफरअन्तर्गत महोत्तरी निवासी जम्सेद नदापले कार जित्नुभएको छ । हाल वैदेशिक रोजगारीका क्रममा साउदीमा रहनुभएका नदापले निसान सन्नी कार हात पार्नुभएको हो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल र साउदी अरबस्थित टेलिमनी बैङ्कको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस् र पुरस्कार जित्नुहोस्’ उपहार योजना छ महिनाका लागि सञ्चालन भएको थियो ।

उपहार योजनाअन्तर्गत साउदीको टेलिमनी बैङ्कमार्फत् नेपालमा सिटी एक्सप्रेसमा रेमिट्यान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल फोन, तीनजनाले १० ग्राम सुन, तीनजनाले पाँच हजार नगद साउदी रियाल, तीनजनाले आइफोन १३ प्रो माक्स र बम्परमा एकजनाले निसान सन्नी कार प्राप्त गरेको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले विगत १६ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?