पञ्जावी अभिनेत्री दलजित कौरको निधन

Read Time = 2 mins

मुम्बई । पञ्जावी अभिनेत्री दलजित कौरको निधन भएको छ । उहाँको बिहीबार निधन भएको हो । उहाँका श्रीमान् हरमिंदर सिंह देओलको सडक दुर्घटनामा मृत्यु भएपछि उहाँले चलचित्रमा काम गर्न छोडनुभएको थियो । यसपछि उहाँ बिरामी पर्न थाल्नुभयो । लुधियानाको गुरुसर सुधार शहरमा भाइ हरजिन्दर सिंह खनगुडाको घरमा बस्दै आउनुभएकी उहाँको सोही घरमा निधन भएको हो ।

दलजितले दिल्लीको लेडी श्रीराम कलेजबाट स्नातक गरेपछि कला क्षेत्रमा प्रवेशका लागि नेशनल स्कुल अफ फिल्म एण्ड ड्रामा पुणेबाट डिप्लोमा गर्नुभएको थियो । सन् १९७६ मा उहाँको पहिलो चलचित्र ‘दाज’ रिलिज भएको थियो । उहाँले १० भन्दा बढी हिन्दी र ७० भन्दा बढी पञ्जावी चलचित्रमा काम गर्नुभएको थियो ।

उहाँ एक अभिनेत्रीसँगै कबड्डी र हक्कीको राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ । गम्भीर मानसिक रोगले पीडित भएपछि उनले आफ्नो अघिल्लो जीवन सबै बिर्सिसकेकी हुनुहुन्थ्यो । १२ वर्षदेखि भाइको घरमा बस्दै आएउनुभएकी उहाँको निधन ६९ वर्षको उमेरमा भएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?