मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका-५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ ।

घटनाहरुको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?