गाउँमा शहरी पूर्वाधारको अभावका कारण बसाइँसराई र असन्तुलित विकास : प्रधानमन्त्री देउवा

Read Time = 8 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण गरिएको अन्तरराष्टिय सम्मेलन केन्द्रको उद्घाटन गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै प्राधानमन्त्री देउवाले गाउँमा शहरी पूर्वाधार नबन्दा बसाइँसराइ अत्यधिक बढेको कारण देशमा असन्तुलित विकास भएको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले  सहरपनि अब्यवस्थीत रुपमा रहेका ले ब्यवस्थीत रुपमा रुपान्तरण गर्न जरुरी भएको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक सामाजिक र शैक्षिक बिकासमा सघाउ पु-याउने बिश्वास ब्यक्त गर्दै सम्मेलन केन्द्र सञ्चालनका लागि सरकारले छिट्टै मोडालिती तयार गर्ने बताउनु भयो।

सम्मेलन केन्द्रकार्यक्रममा वोल्दै गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध बिमानस्थल बनेपनि प्रयाप्त सदुपयोग हुन नसकेको बताउनु भयो । उहाँले त्यसका लागि देखिएका बाधाहरु हटाउनका लागि सरकार र प्रधानमन्त्रीका तहबाट प्रयत्न भई बताउनु भयो ।
गृहमन्त्री खाँडले बुटवलको बिकास समग्र मुलुकको बिकासको आधारशिला भएको बताउदै रुपन्देहीको बिकासबाट नेपालको अर्थतन्त्र गतिशिल हुने वताउनु भयो। उहाले नागरिकको जिवनस्तर कसरी परिवर्तन आउन सक्छ भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको समेत बताउनु भयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्विनी प्रदेशको राजधानी निर्माणका लागि आवश्यक बजेट अभाव भएको बताउदै सरकारले त्यस तर्फ ध्यान दिन संघिय सरकारसंग आग्रह गर्नु भयो। प्रदेशको राजधानी निर्माण गर्ने क्रममा छौं झण्डै ३२ अर्व आबश्यक पर्छ त्यस तर्फ संघिय सरकारको बिशेष ध्यान जान आबश्यक छ मुख्यमन्त्री केसीले भन्नु भयो ।
एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री बिष्णु पौडेलले लामो समयको धैर्यता पछि रुपन्देहीले नयाँ नयाँ आयोजनाहरु सम्पन्न गरेर उद्धघाटनका लागि तयार भएको बताउदै अव रुपन्देहीमा निरन्तर उद्धघाटनहरु भई रहने वताउनु भयो । पौडेलले रुपन्देहीले बिकासको गफ होईन बिकासको काम गर्छ भन्ने कुराको प्रमाण भएको दावी गर्नु भयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्वनाथ पौडेलले नेपालमा १० वटा ठुला सभाहलहरु निर्माण भएको र ४० वटा थप सभाहल निर्माणको तयारीमा रहेको वताउनु भयो। उहालेबुटवल र आसपासमा भई रहेको सहरी बिकास र पुर्वाधार बिकासले यस क्षेत्रका बासिन्दाको जिवनस्तर उकास्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो।

पुर्व सहरी बिकास मन्त्री राम कुमारी झाक्रीले आयोजना सम्पन्न भएपनि यसको सञ्चालन कसरी हुन्छ भन्ने कुरा महत्वपुर्ण भएको वताउनु भयो।
आयोजना सम्पन्न भयो तर यसको सन्चालन कसरी हुन्छ नागरिकले कसरी लाभ लिन्छन? यसको निजी क्षेत्रले कसरी प्रयोग गर्न सक्छ त्यसले यसको दीगो पनमा प्रभाव पार्छ उहाले भन्नु भयो।

बिगतमा सरकारले निर्माण गरेका संरचना र लगानी गरेका आयोजनाहरुको सञ्चालनको ईतिहास राम्रो छैन तसर्थ यसले पनि त्यस्तो ईतिहास भोग्नु नपरोस उहाले भन्नु भयो।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सबैको पहलमा बुटवल मण्डपको जग्गा प्राप्ती भएको बताउदै पुर्वाधार तयार भई सकेको संरचना सञ्चालनका लागि बुटवल उपमहानगर तयार रहेको बताउनु भयो।
बुटवल मण्डपका तयार भएका संरचनाहरुको सन्चालनको कार्यबिधी बारे सर्बत्र चासो छ, सहरी बिकास मन्त्रालयले कार्यबिधी बनाएर हस्तान्तरण गरेमा सञ्चालनका लागि बुटवल उपमहानगरपालिका ईच्छुक छ नगर प्रमुख पाण्डेले भन्नु भयो।

सहरी बिकास मन्त्री मेटमणी चौधरीको अध्यक्षता तथा मन्त्रालयका उपसचिव पद्म प्रसाद मैनालीको सञ्चालन र मन्त्रालयका सचिव रमेश प्रसाद सिंहको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमा समयमा काम सम्पन्न गरेको निमार्ण कम्पनीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो।
बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरमा रहेको बुटवल मण्डपमा संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत् १ अर्ब ११ करोड रुपैयाँ लागतमा बुटवल सम्मेलन केन्द्रको निर्माण भएको हो।

२०७१ साल माघ १५ गते सम्मेलन केन्द्र निर्माणको ठेक्का सम्झौता गरिए पनि ०७२ सालको सुरूमै गएको भूकम्प तथा नाकाबन्दीका कारण सम्मेलन केन्द्रको निर्माण कार्य केही ढिलो गरी सुरू गरिएको थियो।

साना ठूला गरी एउटै छानोमुनि दुई हजार जना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो। बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ।

सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ। भौतिक पूर्वाधारका हिसाबले फड्को मारिरहेको बुटवलमा निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रलाई यहाँका राजनीतिक दल, उद्योग व्यवसायीले बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलाई बुटवलका ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरेका छन्। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल सम्मेलन केन्द्र बुटवलको गहना भएकोले यसबाट बुटवलले लाभ लिन सक्ने वताउनु भयो।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?