मस्को । रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।
आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो ।
प्रत्येक पाँच वर्षमा आणविक अप्रसार सन्धिमाथि हुने समिक्षा गर्न आयोजित कार्यक्रममा रुसले युक्रेनको आणविक प्लान्टका विषयमा आपत्ति जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आणविक हतियारको विस्तारलाई नियन्त्रण गर्ने उदेश्यले आयोजित सम्मेलनमा १ सय ९१ जनाले हस्ताक्षर गरेका थिए ।
रुसले युक्रेनको आणविक प्लान्ट, विशेष गरी जापोरिज्जिया वरपरको सैन्य गतिविधिमा ‘गम्भीर चिन्ता’ लाई उद्धृत गर्दै मस्यौदामा आपत्ति जनाएको हो । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच