अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज रु तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा-२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका-५ र शम्भुनाथ नगरपालिका-१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।

पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?