समूहगत तीज नृत्य प्रतियोगिता सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ स्थित शिखर छहारी सांस्कृतिक कला केन्द्रले समूहगत तीज नृत्य प्रतियोगिता एवं स्रष्टालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख दीपक रिसालको प्रमुख आथित्य र छहारी कला केन्द्रका अध्यक्ष एवं नृत्य निर्देशक प्रेमलाल श्रेष्ठको सभापित्वमा भएको कार्यक्रममा संघीय सांसद एवं अर्थ समितिका संमयोजक सन्तोष चालिसे, समानुपातिक सांसद शान्ति लामा, बागमती प्रदेश २ का सांसद विमल ठकुरी, त्यसैगरी आख्यानकार बाजुराम पौडेल, गीतकार माधव घिमिरेलगायत व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सो प्रतियोगितामा विभिन्न विद्यालय तथा महिला समूहहरूले भाग लिएका थिए । २० प्रतिस्पर्धी रहेको कार्यक्रममा टाइमलाइन स्कुल प्रथम भएको थियो भने डा“डागाउँ महिला समूह दोस्रो हुन सफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मेयर रिसालले शिखर छहारी केन्द्रले विगत पाँच वर्षदेखि गर्दै आएको कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?