क्यान पदाधिकारी चयनका लागि मतदान सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै पाँच प्रदेशबाट चयन हुने एकरएक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।

सचिव र केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?