बुहारीको कुटाइबाट सिन्धुपाल्चोकमा ससुराको मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका १ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका १ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।

बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?