आयुषमानको ‘मेरो कलिलो मन’ वेष्ट टोनमा

Read Time = 1 min

काठमाडौं । गायक आयुषमान विष्टको पहिलो गीति एल्बम ‘मेरो कलिलो मन’ भकारी एमडीसीको वेष्ट टोन म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही समयअघि राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको एल्बमका सम्पूर्ण गीत यसमा रहेका छन् ।

एल्बममा ‘मेरो कलिलो मन’, ‘जून हेरन’, ‘जिन्दगी यस्तै हो’, ‘बिहानी पख’, ‘परदेशी कान्छा’ र जीवनलाई उज्ज्वल पार्ने’ जस्ता गीत छन् । अमर स्रष्टा जगतमर्दन थापा, मोहित मर्दन थापा र सञ्जीव सिंहको शब्द रहेको यो गीतमा प्रभुराज ढकाल, सञ्जीव सिंह, मदन सिंह, ज्योतिचन्द्र शाह, सुनिल सिंह र मनराज नकर्मीको संगीत छ ।

आयुषमानको केही समयअघि भएको लाइभ कन्र्सटको भिडियो पनि छिट्टै वेष्ट टोन म्युजिकमार्फत सार्वजनिक गरिने बताइएको छ । यसको निर्माण पुष्पाञ्जलि थापा विष्टले गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?