के ‘ताजमहल’ को नाम ‘तेजो महलया’ राखिँदै छ ?

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली ।  उत्तर प्रदेशमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि विभिन्न सहर, सडक तथा महलहरूको नाम फेरिन थालिएको छ । विशेषगरी विगतमा मुस्लिम शासकहरूले राखेका नामलाई योगीको शासनकालमा फेर्न थालिएको हो ।

त्यही क्रममा विश्वप्रसिद्ध ‘ताज महल’ को नाम फेरिने प्रस्ताव पनि गरिएको छ । आगार नगम निगमले ताज महलको नाम बदलिने प्रस्ताव ल्याएको छ ।

परिषद्मा ताज महलको नाम ‘तेजो महालय’ राख्ने प्रस्ताव गरिएको छ । परिषद्ले पारित गरेमा र त्यसलाई योगी क्याबिनेटले स्वीकृत गरेको खण्डमा नाम फेरिनेछ ।

प्रस्ताव नम्बर ४(७) मा यसबारे धेरै तथ्य राखेको सांसद शोभाराम राठौरको भनाइ छ, जसका आधारमा नाम परिवर्तनको प्रस्ताव सदनमा राखिएको छ ।

तर, यो पुरातात्त्विक संरक्षित स्मारक रहेकाले यसको नाम फेर्न केन्द्र सरकारको पनि निर्णय हुनुपर्नेछ । ताज महलमा शिवको मन्दिर रहेको विवाद बढाइएकै बेला नाम फेरिने प्रस्ताव पनि आएको हो ।

साढे चार वर्षमा ताजनगरीका ८० भन्दा बढी सडक र चोकको नाम परिवर्तन गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?