अटो दुर्घटनामा बालकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

रोल्पा । रोल्पा नगरपालिका-२ घट्टेखोलास्थित सडकमा रा.१ ह ३०२२ नम्वरको अटो आफैँ अन्यिन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा अटोमा सवार रोल्पा नगरपालिका-२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?