साताभर सेयर बजार ५२ अंकले घट्यो

Read Time = 2 mins

काठमाडौं । साताभरमा सेयर बजार ५२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबारपछि २०२२.६२ मा रहेको नेप्से यस साताको अन्तिम कारोबारपछि १९७०.६२ मा झरेको हो । छ कारोबारमा चार कारोबार दिन ऋणात्मक रहेको सेयर सेयर बजारमा सात अर्ब ५१ करोडको कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स पनि ८.५४ अंकले घटेको छ । गत साता दैनिक औसत एक अर्ब ६१ करोडको सेयर कारोबार भएकोमा यस साता दैनिक औसतमा एक अर्ब २६ करोडको सेयर कारोबार भएको छ । अघिल्लो साता करिब १० अर्बको कारोबार भएकोमा यस साता साढे सात अर्बमा खुम्चिएको छ ।

साताभरको कारोबारपछि नेप्सेको कुल बजार पुँजीकरण पनि झण्डै २.५ प्रतिशतले घटेको छ भने लगानीकर्ताले ७१ अर्ब रुपैयाँ गुमाएका छन् । गत साताको अन्तिम कारोबारपछि २८ खर्ब ९८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साताको अन्तिम कारोबारपछि २८ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ ।

यस साता १३ वटै समूहका परिसूचक घटेका छन् । जलविद्युत् समूहको परिसूचक ५.४७ प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्त, सनराइज बैंक, नेपाल टेलिकम, ओरियन्टल होटल र मैलुङखोला जलविद्युत् कम्पनीको सेयरमूल्य भने सामान्य बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?