लचिलो र बलियो मंगलम एचडिपिई पाइप

Read Time = 3 mins

काठमाडौं । उपयोग र कामको प्रकारका आधारमा बजारमा विभिन्न खालका पाइप उपलब्ध रहेका छन् । तीमध्ये मंगलम पाइपको एचडिपीइ पाइप पनि एक हो । कम्पनीका अनुसार एचडिपिई अर्थात् हाई डेन्सिटी पोलिथाइलिन पाइप प्लाष्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवं बलियो प्लाष्टिक पाइप हो । सोही कारण भूमिगत प्रयोजन र सिँचाई प्रणालीका लागि बढी प्रयोग गरिन्छ ।

पोर्टेबल र सजिलै जडान गर्न सकिने भएकाले यी पाइप भूमिगत प्रयोगका लागि मात्र नभई अन्य धेरै कामका लागि पनि प्रयोग गरिन्छ । रसायनसँग प्रतिक्रिया नगर्ने भएकाले ग्रामीण भेगमा पानीको पाइपका लागि पनि मंगलमको एचडिपिई पाइप्स धेरै नै प्रयोगमा आउने गरेको छ । अन्य प्लाष्टिकको पाइपको तुलनामा बाहिरी तापक्रमले ८० डिग्री सेन्टिग्रेडसम्म असर नगर्ने भएकाले अप्टिकल फाइबर बिछ्याउन पनि प्रयोग गर्न सकिन्छ । साथै उच्च चाप सहन सक्ने भएकाले यी पाइप ढल निकासमा समेत प्रयोग हुने गरेको छ ।

एचडिपिई पाइप प्रायः कालो रंग, विभिन्न आकार र मोटाइमा उपलब्ध छन् । उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले टिकाउ पनि रहेको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रियस्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिने एचडिपिई पाइपसँगै मंगलमले अन्य प्रयोजन गरी आठ फरक–फरक पाइप उत्पादन गर्दै आएको छ । गुणस्तर र विशेषताका कारण नेपालका धेरै प्रतिष्ठित सरकारी र निजी परियोजनामा अधिकांशरूपमा मंगलम पाइप प्रयोग हुँदै आएको पनि कम्पनीको दाबी छ । एचडिपिई पाइप आइएसओ ९००१ः२०१५ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?