✍️ मणि शर्मा
वाल्मीकि रामायण, महाभारत र अग्नि पुराणमा एउटा पात्र छन् जसको नाम विरूपाक्ष हुन्छ, जुन दानव हुन् । अर्कोतिर शिवजीको एघार रुद्र रूपमध्ये एउटा रूपको नाम हो विरूपाक्ष । विरूपाक्षको अर्थ हो तीन नेत्र भएको अर्थात् शिवजी । शिवजीबाहेक अरू कसैको तीन नेत्र छैनन् र अर्को अर्थ हो कुरूप नेत्र भएको । पशुपतिनाथको पूर्वी ढोकाबाट बागमतीमा ओर्लदा ब्रहृमनालनिर एउटा सानो मन्दिर छ जसलाई मानिसहरूले कलिको मूर्ति भन्ने गर्छन् । यो मूर्ति जमिनमुनि धस्सिएको छ । लोकविश्वास अनुसार यो मूर्ति पूर्णरूपेण माथि आएपछि कलियुगको अन्त्य हुन्छ तर कतिपयले यसलाई विरूपाक्षको मन्दिर पनि भन्छन् । लोककथा अनुसार विरूपाक्ष एउटा किराती केटो थियो ।
ऊ सानो हुँदा केटाका बुबा घरमा धनसम्पत्ति नहुँदा धन कमाउन परदेश लागे । बुवाले घर छोडेको धेरै वर्ष बित्दा पनि बुवा घर फर्केर नआएकाले छोरा बुबा खोज्न घर छोडेर हिँड्छ । जति ठाउँमा खोज्दा पनि बुबा नभेटिएपछि ऊ सत्र वर्षको हुँदा एकदिन वनमा भौंतारिइरहेका बेला रात पर्छ र ऊ त्यहीँ एउटा ओडारमा बास बस्छ । उता आमा पनि बाबु छोरा फर्केर नआएकाले उनीहरूलाई खोज्न हिँड्छिन् र संयोगले छोरा भएकै ठाउँ ओडारमा बास बस्न आउँछिन् । आमा युवती नै थिइन् तर आमा छोराले एक अर्कालाई चिन्दैनन् र तिनीहरूबीच सहवास हुन्छ । भोलिपल्ट चिनाजानी भएर उनीहरू आमा छोरा भएको थाहा पाएपछि विरूपाक्ष मातृगमनको पापबाट मुक्ति हुन पशुपतिमा आउँछन् ।
अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको बयानले हाम्रा यी वीरभद्रहरूलाई संसदीय समितिमा एक एक गरेर नंग्याइरहेको छ । हुन त उनी पनि कुनै दूधले नुहाएको चोखो पात्र होइनन् तर उनीमाथि यो सरकार जाइलागेपछि उनी पनि उनीहरूको एक एक पोल सार्वजनिक गर्दैछन् ।
उनले मातृगगमनको पापबाट मुक्ति पाउने उपाय पशुपतिनाथलाई सोधेछन् । पशुपतिनाथ भाङ धतुराको नशामा मस्त भएकाले उसलाई बाह्र धार्नी तामा पगालेर खाएपछि पापबाट मुक्ति पाइन्छ भने । उनी तामा पगाल्ने कोसिस गर्छन् तर तामा पग्लिँदैन बरु उनको अनुहार तामा पगालेको धुवाँले कालो हुन्छ । त्यसपछि उनको नाम विरूपाक्ष भएको रे । उनलाई आफूलाई पशुपतिनाथले ठगेकोले रिस उठेर पशुपतिनाथलाई गाली गर्दैै उनको मूर्तिमा लात्तले हानेर भौंतारिन थाल्छन् र अन्त्यमा बुद्धको शरणमा जान्छन् । बुद्धले केटाको भेषमा उनलाई दर्शन दिएर सद्बुद्धि दिन्छन् । लोककथाको बेला उपत्यकामा बौद्ध धर्मावलम्बीको बाहुल्य भएको हुनुपर्छ र उनीहरूले शिवलाई तल पार्न यो कथा रचेको हुनुपर्छ ।
यो कथा ई.पू. पाँचौं शताब्दीको ग्रिसेली नाटककार सोफोक्लिजको गीति नाटक राजा इडिपससँग मिल्न जान्छ । त्यसमा पनि इडिपस जन्मेपछि उसले आफ्नो बाबुलाई मारेर आमासँग विवाह गर्नेछ भनेर भविष्यवाणी भएपछि उनलाई मार्न राजाले आफ्नो सेवकलाई पठाउँछ तर उसले बच्चालाई न मारेर अर्कै देशको मान्छेलाई त्यो बच्चादिन्छ र त्यस मान्छेले आफ्ना राजारानीको सन्तान नभएकोले त्यो बच्चा राजालाई दिन्छ । समयक्रममा त्यो बच्चा जवान भएर आफ्नो बाबुआमा अर्कै हुन भन्ने थाहा पाएपछि उनीहरूको खोजीमा हिँड्छ र बाटामा उसको बाबुसँग भेट हुन्छ तर दुबैले एकअर्कालाई चिन्दैनन् । छोरा इडिपस बाबुलाई मारेर आमासँग विवाह गर्छ र सन्तान जन्माउँछ । अन्तमा वास्तविकता थाहा पाएर आमाले आत्महत्या गर्छिन् र उसले आफ्नो दुवै आँखा फोडेर गद्दी त्याग गरेर हिँड्छ ।
जे होस् । उपत्यकाको लोककथालाई छोडेर वास्तविक विरूपाक्षमा आऊँ जो एउटा विरूपाक्ष भगवान शिवको एउटा रूप हो भने अर्को विरूपाक्ष दानवहरू हुन् । यदि हामीले नेपालको सन्दर्भमा नेपाली विरूपाक्षहरूलाई हेर्यौँ भने पृथ्वीनारायण शाह जसलाई शिवजीको अंशस्वरूप गुरु गोरखनाथको अपार कृपा थियो र उहाँकै कृपाले नेपाल एकीकरणको थालनी पृथ्वीनारायण शाहले गरे । अर्को विरूपाक्षको रूपमा हामी राजकुमार बहादुर शाहलाई पाउँछौँ जो आफ्ना पिताको राष्ट्रएकीकरणको अधुरो यज्ञलाई पश्चिमतर्फ जारी राखी एकीकरण गरे, आधुनिक नेपालको विरूपाक्षको रूपमा राजा महेन्द्रलाई लिन सक्छौँ जसले नेपाललाई विश्व सामु स्वतन्त्र तथा सार्वभौम राष्ट्रको रूपमा चिनाउँदै शासन सत्तामा भारतीय हस्तक्षेपलाई निर्मुल पार्दै नेपालको चौतर्फी विकास गरे ।
त्यसपछि राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रलाई लिन सक्छौँ जो कहिल्यै विदेशी शक्ति सामु झुकेनन्, एउटाले आफ्नो परिवारसहित जीवनको बलिदान दिए अर्काले राजगद्दी नै त्यागे । अहिले पनि विरूपाक्षहरूकै शासन व्यवस्था छ । यी विरूपाक्षहरू कि त रामायण, महाभारत र पुराणमा उल्लेखित विरूपाक्ष हुन् वा काठमाडौं उपत्यकामा प्रचलित लोककथाको आधारमा आफ्नी आमालाई बलात्कार गर्ने विरूपाक्ष हुन् । लोककथाका विरूपाक्षले आमालाई नचिनेर सहवास गरेका थिए, अहिलेका विरूपाक्षहरू नेपाल आमालाई चिनेर पनि बारम्बार यसै गरिरहेका छन्, विदेशी शक्तिकेन्द्रहरूका प्रतिनिधिको रूपमा उनीहरूको स्वार्थमा उनीहरूको आदेशको पालना गर्दै यहाँ शासन गरिरहेका छन् र आउँदा चुनावमा पनि कुनै चमत्कार नभए यिनीहरू नै शासन सत्तामा आउनेछन् ।
किनकि यहाँ मतदाता होइन मत विक्रेताहरूको संख्या अत्याधिक छ । उनीहरूसँग राष्ट्रलाई लुटेको अथाह धन छ र लुटेको धनबाट मत विक्रेताहरूसँग उनीहरूको मत किनेर शासन सत्तामा जानेछन् । यिनीहरू कहिले देशका उद्योगहरू सबै बेचेर युवाशक्तिलाई विदेश पठाएर उनीहरूको रगतको पैसाले मस्ती गरिरहेका छन् भने विदेशी शक्तिकेन्द्र र विदेशी आर्थिक संस्थाहरूसँग ऋण लिएर भ्रष्टाचार गरी देशलाई डुबाउन लागिरहेका छन् । सांसदरूपी वीरभद्रहरूको एउटा तालीले यो देशलाई घात हुनसनेक्छ यदि राष्ट्रपतिले कुनै कडा कदम नचाले । अब हेर्नुछ राष्ट्रपति विद्यादेवी भण्डारीलाई यो देशको कत्तिको माया छ ? उनी नामले देवी हुन् वा कसैको स्वार्थको एउटा प्रतिनिधि ?
अहिले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेरको बयानले यी वीरभद्रहरूलाई संसदीय समितिमा एक एक गरेर नंग्याइरहेका छन् । हुन त उनी पनि कुनै दूधले नुहाएको चोखो पात्र होइनन् तर उनीमाथि यो सरकार जाइलागेपछि उनी पनि उनीहरूको एक एक पोल सार्वजनिक गर्दैछन् र यसको प्रभाव भोलि चुनावमा नपर्ला भन्न सकिँदैन । यिनले ललिता निवास काण्डमा माधव नेपालहरूलाई सजाय हुने फैसला हुन लागेपछि उनीमाथि महाभियोग लगाएको कुरा भनेका छन् जुन कुरा यसभन्दा पहिला मीनेन्द्र रिजालले बोलिसकेका थिए ।
विदेशी शक्तिकेन्द्र तथा आइएनजिओ र एनजिओहरूले चलाउने यो शासन व्यवस्थाको उच्च पदहरूमा बसेका चाहे ती सरकारमा हुन् वा निजामती सेवामा वा न्यायालयमा वा सेना र प्रहरीमा सबै काला विरूपाक्षहरू हुन् । झन् जसलाई राज्यको चौथो अंग भनिन्छ उनीहरू पनि पशुपतिको कालो विरूपाक्ष नै हुन् । एउटा आफूलाई नेपालको नम्बर वान भन्ने अखबारले चोलेन्द्रको विरुद्धमा समाचार मात्र लेखेर नपुगेर सम्पादकीय पनि लेखेछ । विदेशीका कलो खानेहरू कसरी आफ्ना विरोधीलाई समाप्त पार्न लागिपर्छन् भन्ने यो एउटा उदाहण हो ।
चोलेन्द्रले जुन जुन आरोप लगाइरहेका छन् ती सबै सत्य हुन् । हिन्दीमा एउटा भनाइ छ मरता क्या नहीँ करता ? चोलेन्द्रमा यो भनाइ लागू हुन्छ । चोलेन्द्रको बेञ्चले त परमादेशी सरकार दिएकै थियो तर किन उनीमाथि एक्कासी महाभियोग लगाइयो ? उनी तथा उनका बेन्चले त विदेशी शक्तिको आदेशमा गठबन्धनलाई राजसिंहासनमा बसाएकै थिए । यसको पर्दापछाडिका दृश्यहरू हेर्ने हो भने चोलेन्द्रले भनिरहेकै कुराहरू दृश्यमा आउँछ । बालुवाटार जग्गा काण्डमा बाबुराम र माधव नेपाललाई जोगाउन एमाले फुटाएर परमादेशी सरकार बनाएको कुरा जुन मीनेन्द्र रिजालले स्वीकार गरिसकेका छन् ।
आफू अनुकूलको न्यायाधीशहरूका बेञ्च बनाएर मुद्दा किनारा लगाउने विवाद, न्यायाधीशहरू र बारका मठाधीशहरूले आफू र आफ्ना सन्तानका लागि न्यायाधीश पदमा सौदाबाजी गर्न र माधव नेपाल गुटलाई दलको मान्यता दिने विषयमा कुरा नमिलेर चोलेन्द्रमाथि महाभियोग लगाइएको हो । तत्कालीन प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले अदालतमा आइएनजिओ र एनजिओहरू भिœयाएर यसलाई विदेशी शक्तिकेन्द्रको कठपुतली बनाएका छन् । आज उनी स्वयं चोलेन्द्रको विरोधमा बोलिरहेका छन् र आइएनजिओसँग मधुरसम्बन्ध भएकी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की पनि चोलेन्द्रको विरोधमा लागेकी छिन् ।
पश्चिमा शक्तिकेन्द्रले भोलिका दिनमा एमसिसी र एसपिपीविरुद्ध आइलाग्ने समस्याहरूबाट निजात पाउन आफूअनुकूल दलाल प्रधानन्यायाधीश तथा न्यायाधीशहरू चाहिएको छ । भारतलाई पनि नागरिकता विधेयकमा वा आफ्नो हितविपरीतका कुनै मुद्दामा सर्वोच्च अदालतमा ऊअनुकूलका न्यायाधीशहरू चाहिएको छ । विदेशी शक्तिकेन्द्रको चलखेल गणतन्त्र आएपछि हृवात्तै बढेको छ । हिजो पञ्चायत काल जस्तो स्वच्छ तथा निष्पक्ष न्याय प्रणाली अहिले छैन, ठीक त्यसको विपरीत छ ।
अहिले केही जिल्ला न्यायाधीशहरूलाई भ्रष्टाचारको मुद्दामा अवकाश दिएर अदालतलाई स्वच्छ देखाउन खोजिएको छ । जबकि अधिकांश पूर्व तथा वर्तमान न्यायाधीशहरू भ्रष्ट छन् । उनीहरू र उनीहरूका परिवारको नामको सम्पत्तिको छानविन होस् त कति न्यायाधीशहरू चोखा छन् स्पष्ट हुन्छ ।
अहिले केही जिल्ला न्यायाधीशहरूलाई भ्रष्टाचारको मुद्दामा अवकाश दिएर अदालतलाई स्वच्छ देखाउन खोजिएको छ । जबकि अधिकांश पूर्व तथा वर्तमान न्यायाधीशहरू भ्रष्ट छन् । उनीहरू र उनीहरूका परिवारको नामको सम्पत्तिको छानविन होस् त कति न्यायाधीशहरू चोखा छन् स्पष्ट हुन्छ । न्यायालयलाई ध्वस्त पार्न विदेशी शक्तिकेन्द्रहरूबाट भाँडभैलोको स्थल बनाएर न्यायालयलाई समाप्त पार्ने काम सुरु भइसकेको छ र यसको लागि राजनीतिक दलहरू मुख्य दोषी छन् । विदेशीको ढाक्रे बनेर नेपाललाई चौतर्र्फी रूपमा ध्वस्त पार्न यिनीहरू लागिपरेका छन् ।
न्यायाधीश वा अदालतको विरुद्धमा बोल्नेलाई मानहानीको मुद्दा लगाएर फसाउन सजिलो छ । उदाहरणका लागि बालेन शाहले नियम कानुनभित्र रहेर काम गर्दा पनि उनीमाथि मुद्दा हालिन्छ तर नभएको मुद्दामा पेशी सारेको सा¥यै छ अदालत । शक्तिकेन्द्रका गिरोहहरू कति शक्तिशाली छन् यसरी पनि थाहा पाइन्छ । सर्र्वाेच्चको फैसला अन्तिम हुने भएकाले आफू अनुकूलको न्यायाधीश वा आफूलाई बेच्ने न्यायाधीशहरू भए विदेशी शक्तिकेन्द्रहरूको जस्तोसुकै नेपालविरुद्धको आपराधिक कार्यहरूले मान्यता पाउने हुनाले उनीहरूले अदालतलाई ध्वस्त पार्र्न लागिपरेका छन् । अब चोलेन्द्रलाई धेरै बोल्न दिने छैनन् । चुनाव आउँदैछ, उनले एक एक गरेर नेता तथा न्यायाधीश र बारको पोलहरू खोल्दै गए भोलि चुनाव जित्न अप्ठ्यारो पार्न सक्ने हुनाले बयानलाई चाँडै सिध्याउने छन् ।
बयानबाजीमै चोलेन्द्रको पदावधि सकिए त उनी स्वतः अवकाशमा परे, होइन भने महाअभियोग लगाउन सक्ने सम्भावना पनि छ । अर्को सम्भावना पनि छ यदि चोलेन्द्रलाई महाभियोग लगाएर पदच्युत गरे भने उनले त मिडियामा धाराप्रवाह रूपमा यिनीहरूको पोल खोल्दै जानेछन् जुन चुनावको मुखमा यी काला विरूपाक्षहरूलाई अप्ठ््यारोमा पार्न सक्छ । २०६३ सालपछि जनताले सोचेका थिए अब त शिवजीको रुद्र रूप विरूपाक्षलाई पायौँ, अब हाम्रो कल्याण हुनेछ । तर, यहाँ त रामायण, महाभारत र अग्नि पुराणमा उल्लेखित विरूपाक्ष पाएका छौं । चुनाव आउँदैछ, काला विरूपाक्षहरूलाई सत्ता सुम्पिने कि रुद्र रूपी विरूपाक्षलाई ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच