साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा एक रुपैयाँदेखि २८ सयसम्मका पुस्तक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ । प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरूको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो ।

पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रबन्धक प्रहृलाद पोख्रेलले जानकारी गराउनुभयो । उहाँले नेपाली साहित्यका कथा, कविता, उपन्यास, निवन्ध र शब्दकोसलगायत विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको बताउनुभयो । महाप्रबन्धक पोख्रेलले पुराना पुस्तकहरू एक रुपैयाँदेखि सात रुपैयाँ र सबैभन्दा महँगो २८ सयसम्म पर्ने पुस्तकहरू प्रदर्शनीमा राखिएको बताउनुभयो ।

उहाँले गत नयाँ वर्षमा गरिएको पुस्तक प्रदर्शनीमा पाठकहरूले देखाएको उत्साहले साझा प्रकाशन उत्साहित भएको भन्दै पुस्तकालय दिवस र दशैँको अवसर पारेर प्रदर्शनी ओजना गरिएको बताउनुभयो । उहाँले २०४० सालभन्दा अगाडि प्रकाशित भएका पुस्तकहरूमा ५० प्रतिशत, २०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र २०५१ सालपछि प्रकाशित भएका पुस्तकहरूमा ३० प्रतिशत छुटको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले शब्दकोशहरूमा २५ प्रतिशत छुट र साझा प्रकाशनबाहेक प्रकाशनका पुस्तकहरूमा ३० प्रतिशत छुटको व्यवस्था गरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ritesh
Ritesh
2022-09-06 6:27 pm

गौरी मुनामदन कतिपटक किन्नु? पाठकलाई थोत्रा किताब भिडाउन प्रदर्शनीको बाहाना गरिरहन्छन्।अरू बेला मागेको किताब सोध्दा छैन भन्नेहरू प्रदरशनीमा तयही किताब देखाउछन्।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?