स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

स्याङ्जा । स्याङजाको हरिनास गाँउपालिका-३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका-६ स्थायी घर भई हाल तनँहुको शुक्लागण्डकी नगरपालिका-४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् ।

हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?