भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

अफगानिस्तान र पाकिस्तानको खेलले भारतको आगामी यात्रा तय गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया कप टी-२० क्रिकेटमा भारतमाथि श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ। सुपर फोरको खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकाले भारतलाई ६ विकेटले हरायो।

सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ । भारतको फाइनल पुग्ने सम्भावना झिनो छ । दुबईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहदा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए। मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाए।

कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए। भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ७२ रनको अर्धशतकीय ईनिङ खेले । ४१ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा उनले ७२ रन बनाए ।

सुर्यकुमार यादवले २९ बलमा ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७/१७ रन बनाए । श्रीलंकाका लागि दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने र दासुन शनकाले समान २र२ विकेट लिए ।

सुपर चारमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । भारतको भने लगातार दोस्रो हार हो ।

आज राति हुने पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तान विजयी भएमा भारतको फाईनल पुग्ने सम्भावना समाप्त हुनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?