विदेशी पर्यटकः पाँच लाख पुग्लान् ?

Read Time = 8 mins

✍️ निनाम लोवात्ती

त्यसो त नेपालको सन्दर्भमा विदेशी पर्यटक आगमनको कुरो गर्दा गएको सात महिनामै विगतका दुई वर्षमा भन्दा बढी संख्यामा विदेशी पर्यटकले हाम्रो देशको भ्रमण गरिसकेका छन् । पर्यटन विभाग तथा नेपाल पर्यटन बोर्डले सन् २०२२ को जनवरीदेखि जुलाईसम्मको सात महिनामा नेपालमा भ्रमणमा आएको विदेशी पर्यटकको संख्या उल्लेख गरेअनुसार दुई लाख ८५ हजार ३६ रहेका छन् । यो तथ्यांंकको आधारमा हेर्दा कोरोना महामारीको चपेटा (सन् २०२१० र २०२१) पछि सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आउने पक्का जस्तै भएको छ ।

खासमा सन् २०१९ को डिसेम्बर अन्तिमतिर चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलिन सुरू भएको नोभेलकोरोना भाइरस (पछि कोभिड-१९ नाम दिइएको) छिट्टै हट्ने आशा गरिएको भए तापनि हटेर जानु वा कम हुँदै जानुको सट्टा बढ्दै विश्वव्यापी रूपमा फैलिँदै गएर महामारीको रूप लिएपछि सन् २०२० र २०२१ मा विश्वभरि नै घुम्न निक्लने विदेशी पर्यटकको संख्या लगभग ८० प्रतिशतले कमी आएको थियो । विश्वव्यापी रूपमा परेको पर्यटनको सो असरले नेपालमा मात्रै अछुतो रहने कुरो भएन ।

त्यसको असर देखियो पनि । किनभने, सन् २०१९ मा लगभग १२ लाख विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएकामा सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आएका थिए । सो तथ्यांक भनेको सन् २०१९ को तुलनामा लगभग ८२ प्रतिशतले कमी हो । त्यस्तै सन् २०२१ मा पनि सन् २०१९ को तुलनामा अझ घट्यो । किनभने, सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे । त्यो भनेको सन् २०१९ को तुलनामा लगभग ९१ प्रतिशतले कमी हो ।

पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक-२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि १५.१ दिन र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको छ ।

यसरी तथ्यांक हेर्दा सन् २०२० मा भन्दा सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या ३४.४ प्रतिशतले कमी आएको थियो । तर, नेपालको सन्दर्भमा विदेशी पर्यटक आगमनको कुरो गर्दा सन् २०२२ भने धेरै नै सुखद् हुने लक्षण देखिसरिएको छ । किनभने, सन् २०२२ को सात महिनामै दुई लाख ८५ हजार ३६३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । बाँकी समय (पाँच महिना) पनि समय र परिस्थिति सही सलामत रहेमा सन् २०२२ मा कम्तीमा पाँच लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने पक्का जस्तै देखिन्छ । बाँकी पाँच महिनामा मासिक कम्तिमा ४० हजार विदेशी पर्यटक आउने सामान्य अनुमान गरौँ ।

यसरी हेर्दा सन् २०२२ मा सजिलैसँग पाँच लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने आकडा प्रक्षेपण गर्न सकिन्छ । कोरोना महामारी ठप्पै भयो, रोकियो भने त अक्टोबर र नोभेम्बर (दुई महिनामा मात्रै एक लाख ३५/४०) ६५, ७० हजार विदेशी पर्यटक आउने सम्भावना छ । यसो किन भनिएको हो भने, विगत पनि हरेक वर्षको मार्च-अप्रिल र अक्टोबर-नोभेम्बर महिनामा अन्य महिनाको तुलनामा नेपालमा अलि बढी नै संख्यामा विदेशी पर्यटक भ्रमण गर्न आउने गरेको तथ्य-तथ्यांक रहेको छ ।

स्मरणीय छ, सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशीले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने, सन् २०२१ मा एक लाख ५० हजार ९६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । स्रोतः सिन्ह्वा न्युज, २०२२-०१-०३ । नेपालमा भने, सन् १९९० को प्रजातान्त्रिक परिवर्तनसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । त्यसपछि बनेको सरकारले आर्थिक उदारीकण र खुल्ला अर्थ व्यवस्थाको वकालत गरेको थियो । तापनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट गर्व गर्न लायक कामहरू भने भएनन् ।

तत्कालीन श्री ५ को सरकारले नेपालको पर्यटन क्षेत्रका लागि केही गरेन त ? प्रश्न उठ्छ । हो, नेपालको पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले देखिने गरी गरेको काम ‘नेपाल पर्यटन बोर्ड’ को गठन एक हो । पछिल्लो समय नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेकै थियो । बरू नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाइ अवधिमा भने खासै सुधार हुन सकेको थिएन र छैन । तथापि सन् २०२० मा विदेशी पर्यटकले नेपालमा गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च र, उनीहरूको नेपाल बसाइ अवधि बढेको देखिन्छ ।

पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक-२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि १५.१ दिन र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको छ । विश्वका प्रायः सबै देश र ती देशका आमसर्वसाधारण जनहरूबीच ‘त्राहीमाम, त्राहीमाम’ को अवस्थामा रहेको कोरोनाको महामारी (कोभिड-१९) ठीक अवस्थामा फर्किएपछि नेपाल भ्रमण गर्नमा आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्वका साथै गुणस्तरमा अभैm सुधार ल्याउन के गर्ने ? भन्ने सम्बन्धमा समय छँदै हामीले बहस र छलफल गरेर अघि बढ्नुपर्ने देखिन्छ ।

सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५.१ दिन जुन छ, कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर पुगेको जुन छ, सो दरलाई बढाउन नसके तापनि कायम राख्नका लागि प्रयास गर्नैपर्ने देखिन्छ ।ninamkirat123@gmail.com 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?