नागरिकता विधेयक प्रमाणीकरण हुन्छ, नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ: प्रचण्ड

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताउनु भएकाे छ ।

शुक्रबार पोखरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नागरिकता विधेयक प्रमाणीकरण हुने बताउनुभयाे । तर, यदी प्रमाणीकरण नगर्ने हो भने राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।

दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि आफूसमक्ष आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई सुझाव र सन्देशसहित राष्ट्रपति भण्डारीले फिर्ता गर्नुभएकाे थियाे ।

यसपछि फेरि संघीय संसदका दुवै सदनले छलफलपछि उक्त विधेयकलाई जस्ताको तस्तै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ । अब उक्त विधेयक फिर्ता गर्न कानुनले नमिल्ने भएकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुपर्ने प्रचण्डको दाबी छ ।

दोस्रोपटक पठाएको विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?