इसेवाका सिइओ कोइरालालाई अवार्ड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अजेश कोइरालाले वल्र्ड कन्फेडेरेसन अफ बिजनेसबाट बिजनेस एक्सिलेन्स सर्टिफिकेट प्राप्त गर्नुभएको छ । कोइरालालाई हृयुस्टन अमेरिकाले प्रतिष्ठित बिजनेस एक्सिलेन्स सर्टिफिकेटबाट सम्मान गरेको हो ।

कम्पनीका अनुसार रेमिट्यान्स क्षेत्रमा २० वर्षभन्दा बढी समर्पित कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना बन्नुभएको छ । उहाँ म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल(म्यान) अवार्ड २०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित हुनुभएको थियो । वल्र्ड कन्फेडेरेसन अफ बिजनेसले विश्वभरका विभिन्न संस्थाको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड प्रदान गरेको थियो ।

वल्र्ड कन्फेडेरेसन अफ बिजनेसको मिसन विश्वव्यापी रूपमा व्यापार विकास प्रवद्र्धन, वृद्धिलाई सहजीकरण र अग्रणी कम्पनी र उद्यमीको सफलतालाई मान्यता दिई उनीहरूले प्रदान गर्ने सेवालाई विश्वभर चिनाउने एक माध्यम हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?